एनएसएलमा ललितपुर र चितवनबीच प्रतिस्पर्धा हुँदै

नेपालभ्युज

एनएसएलमा ललितपुर र चितवनबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज ललितपुर सिटी एफसी र एफसी चितवनबीच खेल हुँदै छ ।

दुई टिमबीचको प्रतिष्पर्धा साँझ ५ बजे त्रिपुरेश्वरस्थित रङ्गशालामा हुने छ । प्रतियोगितामा ललितपुर अहिलेसम्म अपराजित छ ।

यसअघिका चार खेलमध्ये एकमा जित र तीन खेलमा बराबरीको नतिजा निकालेको ललितपुर तालिकाको चौथो स्थानमा छ । आजको खेलमा जित निकाले ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।

चार खेलबाट पाँच अंक जोडेको चितवन भने तालिकाको पाँचौँ स्थानमा छ । चितवनले यसअघि एक खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार बेहोरेको थियो । आजको जितले चितवन तालिकाको शीर्ष चारमा प्रवेश गर्नेछ ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा ९ वटा टिमको सहभागिता छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved