बिजुलीको तार चुडिँएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

नेपालभ्युज

बिजुलीको तार चुडिँएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

काठमाडौं । शनिबार खेत जोतिरहेका थिए रौतहटस्थित माधवनारायण नगरपालिका–७ का बैजुलाल पण्डित । गहुँ छर्ने तयारीका लागि उनी खेत जोतिरहेका थिए । समय करिब मध्यान्हको १२ बजेको थियो ।

खेतमाथि टांगिएको थियो ११ हजार भोल्टेज रहेको बिजुलीको तार । एक्कासी तार चुँडियो अनि  खेत जोतिरहेका बैजुलालमाथि पर्यो । चुँडिएको तारबाट करेन्ट लाग्दा उनी र गोरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । .


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved