एनएसएल : वीरगंज र झापाको गोलरहित बराबरी

नेपाल भ्युज

एनएसएल : वीरगंज र झापाको गोलरहित बराबरी

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा वीरगंज यूनाईटेड एफ.सी. र झापा एफ.सीबीचको खेल बराबरीमा सकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा वीरगंज र झापाबीचको खेल गोलरहित बराबरीमा सकिएको हो।

यससँगै दुवै टोलीले अंक बाडेका छन्। दुवै टोलीले ४ खेल खेल्दा पनि पहिलो जित दर्ता गर्न सकेनन्।

खेलको ७३ औँ मिनेटमा झापाका योगेश गुरुङलाई रातो कार्ड प्रदान गरेसँगै टोली १० खेलाडीमा सिमित भयो।

दुवै टोलीको निरन्तर प्रयास भए पनि गोल हुन सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved