मौद्रिक नीतिको समीक्षाले माघ महिनासम्म कर्जाको ब्याजदर घटाउँछः उपाध्यक्ष कोइराला

नेपालभ्युज

मौद्रिक नीतिको समीक्षाले माघ महिनासम्म कर्जाको ब्याजदर घटाउँछः उपाध्यक्ष कोइराला

काठमाडाैं । नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले मौद्रिक नीतिको समीक्षा अर्थतन्त्र चलायमान बनाउने किसिमले आएको बताएका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका विषयमा प्रतिक्रिया दिँदै उपाध्यक्ष कोईरालाले यस्तो बताएका हुन् ।

उनले घरजग्गा कर्जा र शेयर कर्जाको जोखिम भार १५० बाट १२५ मा झार्ने र आवासीय कर्जामा पनि परिमार्जन भएकाले बैंकहरुले पनि बिस्तारै कर्जा प्रवाह बढ्ने बताए । मौद्रिक नीतिको समीक्षाले आगामी पुस महिनादेखि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने देखिएको उनको दाबी छ । उनले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाउँदा निक्षेपको ब्यादर घटाउनुपर्ने बैंकहरुलाई दबाब सिर्जना भएको बताए ।

उपाध्यक्ष कोईरालाले बैंकहरुको कर्जाको ब्याजदर पनि घट्दै जाने अवस्था देखिएको बताए । ‘बैंकको निक्षेपको ब्याजदर घट्दा कर्जाको पनि ब्याजदर घट्दा ऋणीहरुलाई सहज हुनेछ,’ उनले भने, ‘बैंकहरुले राष्ट्र बैंकले तोकेको दरमा ब्याजदर घटाउँदै लैजाने गर्नुपर्छ ।’

उनले माघ महिनामा बैंकहरुले ब्याजदर परिर्वतन गर्दा कर्जाको ब्याजदर घट्न दाबी गरे । उनले चाडपर्व भर्खरै सकिएको भन्दै लचिलो मौद्रिक नीतिको समीक्षा आएकाले माग समेत वृद्धि हुँदै जाने जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved