संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुने सभामुखको दाबी

नेपालभ्युज

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुने सभामुखको दाबी

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित १५ औं मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्नेगरी लागिपरेको उनको भनाइ थियो ।

सभामुख घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनहरु निर्माणका लागि आफूले असहमत राजनीतिक शक्ति, नेतृत्व र पक्षसँगको छलफललाई अघि बढाएको र त्यसलाई टुंगो लगाउने विषयमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको दाबीसमेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved