यू–१९ एसिया कप:

नेपालले दियो पाकिस्तानलाई १५३ रनको लक्ष्य, उत्तमको अर्धशतक

नेपाल भ्युज

नेपालले दियो पाकिस्तानलाई १५३ रनको लक्ष्य, उत्तमको अर्धशतक

काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ।

दुबईको आइसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा नेपालल ४७.२ ओभरमा १५२ रनमा अलआउट भएको हो।

नेपालको लागि उत्तम मगरले ५१ रन बनाए। उनले ७६ बलमा ३ चौका र २ छक्का प्रहार गरे। १६ ओभरको समाप्तीमा ५ विकेट गुमाएसँगै धरमराएको नेपाली ब्याटिङलाई उत्तम र दिपेश कंडेलको साझेदारीले सम्हाल्यो। उत्तम र दिपेशले १०० बलमा ६८ रनको साझेदारी गरे।

सुबास भण्डारी ८ रनमा अविजित रहे। दिपेश कंडेलले ३१ रन र अर्जुन कुमालले २१ रन बनाए। नेपालका ५ खेलाडीले दोहोरा अंक बनाउन सकेनन्। कप्तान देव खनाल र विपिन रावल भने डगआउट भए।

पाकिस्तानको लागि मोहम्मद जिशानले ६, अमिर हसनले २ तथा उवेद शाह र अलि अस्फन्दले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved