यू–१९ एसिया कप : पाकिस्तानविरुद्ध नेपालको १०० रन पूरा

नेपालभ्युज

यू–१९ एसिया कप : पाकिस्तानविरुद्ध नेपालको १०० रन पूरा

काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले १०० रन पूरा गरेको छ।

नेपालले ३०.३ ओभरमा ५ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो।

अहिले नेपालको लागि उत्तम मगर र दिपेश कंडेलले ब्याटिङ गरिरहेका छन्। उत्तम र दिपेशको ५४ रनको साझेदारी कायम छ।

१६.६ ओभरमा ५ विकेट गुमाएर संकटमा आएको नेपाली ब्याटिङ केही सम्हालेको छ।

यसअघि गुल्सन झा १, अर्जुन कुमाल २१, कप्तान देव खनाल डगआउट हुँदा तिलक भण्डारी ७ र आकाश त्रिपाठी ६ रनमा आउट भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved