मौद्रिक नीतिको त्रैमासिक समीक्षा- रेमिट्यान्स बढ्यो, बैंक दर घट्यो (पूर्णपाठसहित)

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३० प्रतिशतले रेमिट्यान्स बढेको छ भने खाद्यान्न र पेय पदार्थको मूल्यवृद्धि ८ दशमलब ३८ प्रतिशत रहेको छ ।

नेपालभ्युज

मौद्रिक नीतिको त्रैमासिक समीक्षा- रेमिट्यान्स बढ्यो, बैंक दर घट्यो (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३० प्रतिशतले रेमिट्यान्स बढेको छ भने खाद्यान्न र पेय पदार्थको मूल्यवृद्धि ८ दशमलव ३८ प्रतिशत रहेको छ ।

त्यस्तै राष्ट्र बैंकले बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ । यस्तै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३.० प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो नीतिगत व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने भएको छ । त्यस्तै ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिने भएको छ । यसअघि यो अनुमान ५० प्रतिशत थियो ।

त्यस्तै गत कात्तिक १७ मा गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिइने भएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई सहजीकरण गर्ने पनि बताएको हो ।

हेर्नुहोस् पूर्णपाठ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved