काठमाडौं । उत्तरी गाजामा इजरायली सेनाको आक्रमण दिन प्रतिदिन आक्रामक बन्दै गएको छ । युद्ध विरामपछि इजरायल थप आक्रोशित बनेको छ ।
इजरायलको भीषण बमबारीका कारण ती क्षेत्रका सर्वसाधारणको अवस्था अत्यन्तै नाजुक बनेको छ । गाजापट्टीको उत्तरी क्षेत्र जबालियादेखि दक्षिणी क्षेत्र खान युनिससम्म इजरायली सेनाले बमबारी गर्दा सर्वसाधारण नागरिकको उठिबास भएको हो ।
गाजा पट्टीमा निहत्था नागरिकलाई आश्रय लिन कुनैपनि स्थल सुरक्षित नभएको राष्ट्रसंघले जनाएको छ । पछिल्लो पटक इजरायली सेनाले उत्तरी गाजामा संयुक्त राष्ट्रसंघद्धारा संचालित एउटा विद्यालयमा छापा मारेको छ ।
त्यहाँ आश्रय लिइरहेका दर्जनौं प्यालेस्टाइनी नागरिकलाई इजरायली सेनाले नियन्त्रणमा लिएको बताइएको छ । ती प्यालेस्टाइनी नागरिकलाई इजरायली सेनाले निर्वस्त्र बनाएर अज्ञात स्थलतर्फ लगेको भिडियो सार्वजनिक भएसँगै इजरायलको निन्दा हुन थालेको छ ।
गाजापट्टीको पछिल्लो अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक आज बस्दैछ ।
Facebook Comment
Comment