एनएसएलमा आज वीरगञ्ज र झापा पहिलो जितको खोजीमा

नेपालभ्युज

एनएसएलमा आज वीरगञ्ज र झापा पहिलो जितको खोजीमा

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज वीरगन्ज युनाइटेड र झापा एफसीबीच भिडन्त हुदै छ । खेल साँझ ५ बजे दशरथ रंगशालामा हुने छ । दुवै टोली आज पहिलो जितको खोजीमा हुने छन् ।

दुवै टिमले यसअघि समान तीन खेल खेले पनि जित निकाल्न सकेका छैनन् । तीन खेलबाट दुई अंक जोडेको झापा तालिकाको आठौं र एक अंक जोडेको वीरगन्ज तालिकाको पुछारमा छ ।

झापाले तीन खेलमध्ये दुईमा बराबरी र एक खेलमा हार बेहोरेको थियो । यस्तै, वीरगन्जले भने दुई खेलमा हार बेहोर्दा एक खेलमा बराबरी नतिजा निकालेको छ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved