यो हर्मोनले बढ्छ मोटोपन

नेपालभ्युज

यो हर्मोनले बढ्छ मोटोपन

एजेन्सी । धेरै मानिसले तौल कम गर्न कसरत तथा खानपिन दुवै अपनाउँछन् । त्यसपछि पनि उनीहरुको तौल कम हुँदैन । तपाईंलाई पनि यस्तै भइरहेको छ भने एउटा हर्मोनको कारण हुन सक्छ ।

कोर्टिसोल हर्मोनको कारणले मानिसको तौल बढ्छ । यस स्थितिमा कसरत र खानपिन कम गर्दा पनि तौल कम हुँदैन ।

शरीरमा कोर्टिसोल हर्मोन त्यतिबेला रिलीज हुन्छ जब मानिस एकदमै धेरै तनावमा हुन्छ । यस हर्मोनले मेटाबोलिज्म ढिला हुन्छ जसले गर्दा तौल बढ्छ ।

कोर्टिसोल हर्मोनलाई नियन्त्रण गर्नका लागि तपाईंलाई दैनिक रुपमा कसरत र योगको सहारा लिनुपर्ने हुन्छ । यस्तोमा सामान्य कसरत तर नियमित गरेर तपाईंं यो हर्मोनलाई नियन्त्रण गर्न सक्नुहुन्छ ।

त्यस्तै तपाईंले दैनिक रुपमा ८ घण्टाको निद्रा लिएर पनि कोर्टिसोल हर्मोन नियन्त्रण गर्न सक्नुहुन्छ । निद्रा पूरा नहुँदा मानिसको तनाव बढ्न सक्छ । यो हर्मोनलाई नियन्त्रण गर्न सन्तुलित भोजन पनि गर्नु पर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved