काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रमा उल्लेख्य सुधार आएको दाबी गरेका छन् । उनले पछिल्लो समय अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिए पनि जनतामा आशा जगाउन भने नसकिएको गुनासो गरेका हुन् ।
बिहीबार रेस्पोन्सेवल विजनेश समिट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु पनि अगाडि सारेको बताएका छन्।
‘सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारेको छ’, उनले भने, ‘तर यसका लागि व्यवसाय र समाज सबै सरोकारवालाहरु जिम्मेवार बन्नुपर्दछ।मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रुपमा प्रस्तुत हुन आवश्यक छ।’
उनले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह गरेका छन् ।
Facebook Comment
Comment