विराटनगर आगलागी अपडेट : मृतकको संख्या तीन पुग्यो , तीनजना उपचाररत

नेपालभ्युज

विराटनगर आगलागी अपडेट : मृतकको संख्या तीन पुग्यो , तीनजना उपचाररत

काठमाडौं विराटनगर महानगरपालिका–७ को सातघुम्तीमा रहेको कबाड गोदाममा बुधबार दिउँसो आगलागीका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई जनाको घटानस्थलमै मृत्यु भएको थियो भने एक जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।

दीपक मण्डल र सुनिता कामतको घटनास्थलमै मृत्यु भएको र सुशिला पासवानको उपचारका क्रममा किर्तिपुरको वर्न अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

घाइतेमध्ये रीता सरदारको अवस्था गम्भीर रहेको र किशोर पासवान र पिंकी कामतको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

विराटनगरमा आगलागी : एक जनाको मृत्यु, चार घाइते


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved