एनएसएलमा आज चितवन र बुटवल भिड्दै

दुवै टोली जितको खोजिमा

नेपालभ्युज

एनएसएलमा आज चितवन र बुटवल भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज एफसी चितवन र एफसी बुटवल लुम्बिनी भिड्दै छन् । खेल साँझ ५ बजे दशरथ रङ्गशालामा हुने छ । आजको खेलमा दुवै टोली दोस्रो जितका लागि प्रतिष्पर्धा गर्नेछन् ।

यसअघि समान तीन खेल खेले पनि दुवै टिमले एक खेलमा मात्र जित निकालेका छन् ।

चितवनले अन्य दुई खेलमध्ये एकमा बराबरी र अर्कोमा हारको नजिता व्योहोरेको छ ।
बुटवलले भने दुवै खेलमा हार व्यहोरेको छ । तीन खेलबाट चार अंक जोडेको चितवन तालिकाको पाँचौ स्थानमा छ ।

समान खेलबाट तीन अंक जोडेको बुटवल तालिकाको सातौं स्थानमा छ । आजको खेलमा जित निकाल्ने टिम तालिकाको शीर्ष चारमा उक्लिनेछन् । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा ९ टिमको सहभागिता छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved