एमालेबाहेक अरु कसैले देश बनाउन सक्दैनः केपी ओली

नेपालभ्युज

एमालेबाहेक अरु कसैले देश बनाउन सक्दैनः केपी ओली

गुल्मी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक अरु कसैले देश बनाउन नसक्ने बताएका छन् ।

मङ्सिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु गरेको यात्राको सातौँ दिन आज गुल्मीको वामीटक्सारमा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको सुझाव लिन सङ्कल्प यात्रा गरेको बताए ।

‘हरेक नागरिकले शान्ति सुरक्षासँगै सम्मानित जीवन जिउन पाउनुपर्छ’ उनले भने, ‘एमालेबाहेक अरु कसैले देश बनाउन सक्दैन ।’

आगामी निर्वाचनमा एमालेलाई बहुमतसहित जिताएमा मात्र देश समृद्ध बन्न सक्ने अध्यक्ष ओलीको दाबी छ ।

ओलीले आफूहरू सरकारबाट हटेपछि देशमा आर्थिक समस्या चर्किएको दाबी गरे । उनले भने, ‘एमालेबाहेक अरुले देश बनाउन सक्दैन, एमालेको एकल सरकारबाट मात्र त्यो संभव छ भन्ने सबै जिल्लामा दिएको उत्साहले प्रमाणित गरेको छ ।’

सरकारबाट एमाले हटेपछि देश कंगाल बन्दै गएको जिकिर गर्दै उनले भने, ‘अब एमालेलाई एकल बहुमत दिलाउन सबैको साथ चाहियो ।’

समृद्धिका लागि सङ्कल्प यात्रा भन्दै एमालेले मध्यपहाडी लोकमार्गअन्तर्गतको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा चलाइरहेको छ । जसअन्तर्गत गुल्मीको वामीटक्सार आइपुगेका ओलीले जनताको सुझाव लिन, समस्या बुझ्न, मागपत्र बुझ्न, विकासका योजनाको जानकारी लिन र मध्यपहाडी लोकमार्गको अवलोकन गर्न सङ्कल्प यात्रा चलाइरहेको बताए ।

लुम्बिनी प्रदेशअन्तर्गतको क्षेत्र राष्ट्रको प्रतिनिधित्वको क्षेत्र भएको भन्दै ओलीले एमालेलाई जनताको थप साथ र सहयोग चाहिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved