५० वर्षपछि फिट रहने टिप्स

नेपालभ्युज

५० वर्षपछि फिट रहने टिप्स

एजेन्सी । टेलिभिजन अभिनेत्री मन्दिरा बेदी आफ्नो ‘बोल्ड पर्सनालिटी’ कारण चिनिन्छिन् । उनी आफ्नो फिटनेसका लागि पनि चिनिन्छिन् ।

अभिनेत्री अहिले ५१ वर्षकी भइसकिन् तर अहिले पनि उनी ३० वर्ष  उमेर जस्तै फिट छन् । आज हामी मन्दिरा बेदीको फिटनेसको सूत्र बताउनेछौं ।

मन्दिरा तौल तथा कसरत बलको प्रयोग गर्ने गर्छिन् । मन्दिरा बलले शरीरलाई स्ट्रेच गर्ने तथा हातहरुको कसरतसँगै स्क्वाट पनि गर्छिन् ।

मन्दिरा फिट रहनका लागि हप्तामा पाँच दिन कसरत गर्छिन् । यसबाहेक उनी जिम, स्वीमिंग तथा दौडिने पनि गर्छिन् । उनी यात्राका क्रममा पनि कसरत गर्न छोड्दिनन् ।

मन्दिरा विशेषगरी घरकै सादा खाना मन पराउँछिन् । उनी कसरतअघि केरा अवश्य खान्छिन् र दिउँसोको खानामा दाल, तरकारी, रोटी जस्ता चिज खाने गर्छिन् ।

मन्दिरा रातको खानामा पनि हल्का खाना खान्छिन । उनी रातको समयमा रोटी खाँदिनन् । अभिनेत्रीले आफूलाई फिट राख्न गुलियो खान छोडेकी छन् । त्यसो त उनलाई गुलिया परिकार एकदमै मन पर्छ ।

मन्दिरा बेदी कार्डियो कसरतलाई दैनिक समयतालिकाभित्र राख्छिन् । यसले उनलाई अतिरिक्त क्यालोरी बर्न गर्न सहयोग गर्दछ । यसबाहेक उनले स्ट्रेचिंग पनि गर्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved