युवालाई स्वदेशमै इन्गेज गराउँछौं : प्रधानमन्त्री दाहाल

नेपालभ्युज

युवालाई स्वदेशमै इन्गेज गराउँछौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने सिर्जना हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले युवालाई मुलुक भित्रै इन्गेज गराउन सरकारले योजना बनाइरहेको बताए ।

प्रधानमन्त्री दाहालले विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्न वार्षिक कार्यक्रममा समावेश गरिसकेको जानकारी दिए ।

केही प्रक्रियागत व्यवस्थापन भएपछि सो कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका मिल्ने प्रधानमन्त्रीको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved