एनएसएलमा आज पोखरा र इलाम भिड्दै

पोखरा शिर्ष स्थानमा उक्लिने खोजीमा

नेपालभ्युज

एनएसएलमा आज पोखरा र इलाम भिड्दै

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) मा आज पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी खेल्दैछन् ।

खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालमा साँझ ५ बजे हुनेछ ।

पोखराले अहिलेसम्म ३ खेल खेलेकोमा १ मा जित र २ बराबरी खेल्दै ५ अङ्क जोडेको छ । पोखरा तालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेमा पोखरालाई शीर्ष स्थानमा उक्लिने अवसर मिल्ने छ ।

इलाम भने ३ खेलमा १ जित र २ हारसहित ३ अङ्क जोड्दै छैटौँ स्थानमा छ । यही मङ्सिर ८ गतेदेखि शुरु भएको दोस्रो संस्करणको एनएसएलमा ९ वटा टिमको सहभागिता छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved