हमासले नियन्त्रणमा लिएका महिलालाई बलात्कार गरेको तथ्य बाहिरियो

नेपालभ्युज

हमासले नियन्त्रणमा  लिएका महिलालाई बलात्कार गरेको तथ्य बाहिरियो

काठमाडौं । हमासले इजरायलमाथि आक्रमण गर्ने क्रममा माहिलालाई बलात्कार तथा यौन हिंसा गरेको तथ्य सार्वजनिक भएको छ ।

बीबीसीका अनुसार आक्रमणमा मारिएका व्यक्तिहरुको शव संकलनका क्रममा संलग्न व्यक्तिहरुको बयानका आधारमा हमासको यस्तो अपराध बाहिर आएको हो ।

आक्रमणको पहिलो दिन अक्टोबर ७ मा इजरायलको नोभा संगीत समारोहमा उपस्थित महिलालाई हमासका लडाकुहरुले सामुहिक बलात्कार गर्नुका साथै केहीलाई अंगभंग र यौन हिंसा गरेको भिडिओ समेत इजरायली प्रहरीले सार्वजनिक गरेको छ ।

दृश्यमा रगतले लतपतिएका महिलाका नांगो शरीर र अंगभंग गरिएको देखिएको छ । भिडिओमा एक महिलालाई सामुहिक बलात्कार गरी अंगभंग गरेपछि गोली प्रहार गरेको देखिन्छ ।

हमासले आक्रमणका क्रममा संगीत समारोहमा सहभागीमध्ये एक सयभन्दा बढीको हत्या गरेको थियो भने केहीलाई बन्धक बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved