इपीएलमा आर्सनलको अग्रता कायमै

नेपालभ्युज

इपीएलमा आर्सनलको अग्रता कायमै

काठमाडौं । इङ्गिलस प्रिमियर लिग (ईपीएल) मा आर्सनलले लुटोन टाउनलाई हराएको छ । आर्सनलले घरेलु टोलीलाई ४–३ गोल अन्तरले हराएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा इन्ज्युरी समयमा गोल गर्दै आर्सनल विजयी भयो ।

यो जितसँगै आर्सनल १५ खेलबाट ३६ अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । आर्सनलले दोस्रो स्थानमा रहेको लिभरपुलसँग ५ अङ्कको अग्रता बनाएको छ । लुटोन टाउन ९ अङ्कसहित १७ औँ स्थानमा छ ।

यस्तै गए राति नै भएको अर्काे खेलमा उल्भ्सले बर्नलेलाई १–० गोल अन्तरले हरायो । उल्भ्सको जितमा ४२ औँ मिनेटमा ह्वाङ ही चानले गोल गरे ।

जितसँगै उल्भ्स १५ खेलमा १८ अङ्कसहित तालिकाको १२ औँ स्थानमा छ । बर्नले ७ अङ्कसहित १९ औँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved