गाजामा मानवीय स्थिति खराब अवस्थामा

दिगो युद्धविरामको आवश्यकता

नेपालभ्युज

गाजामा मानवीय स्थिति खराब अवस्थामा

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले गाजापट्टीमा मानवीय स्थिति एकदमै खराब रहेको भन्दै मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको बताएको छ । डब्लूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले गाजापट्टीको स्थिति झन् झन् बिग्रिदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

गाजाको दक्षिणी इलाकासहित चारैतिर तीव्र बमबारी भइरहेका छन् । उनले दिगो युद्धविरामको आवश्यकता औंल्याउदै मूर्खतापूर्ण क्षति रोक्न माग गरेका छन् । उनका अनुसार मानवीय संकट बढ्दै जादा सर्वत्र अन्धकार छाए जस्तै भएको छ ।

हमासको हमलामा इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सयको मृत्यु भएको थियो भने हमासले करिब दुई सय ४० बन्धकलाई गाजामा ल्याएको थियो ।

इजराइलले हमासलाई समाप्त पार्ने र सबै बन्धकलाई हमासको कब्जाबाट मुक्त गराउने भन्दै बमबारी जारी राखेको हो । इजरायलका तर्फबाट गाजामा करिब १५ हजार नौ सय मानिस मारिएको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved