रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा १२ जना पक्राउ

नेपालभ्युज

रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा १२ जना पक्राउ
प्रतिकात्मक तस्वीर

काठमाडौं । नेपालीलाई रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा प्रहरीले काठमाडौंबाट १२ जनालाई पक्राउ गरेको छ ।

लैनचौर, ठमेल र महाराजगन्ज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ  ।

प्रहरीका अनुसार  पक्राउ पर्नेमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि बहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल रहेका छन् ।

उनीहरुमाथी भिजिट भिसामा नेपालीलाई भारतको बाटो हुँदै रुस  पठाएको र त्यहाँको सेनामा भर्ती हुन सघाएको आरोप लागेको छ ।

रुसी सेनामा कार्यरत रहँदा हालै गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गङ्गाराम मोक्तानको मृत्यु  भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved