हिमालयन रिइन्स्योरेन्सको आईपीओमा मागभन्दा डेढ गुणा धेरै आवेदन

कम्पनीले ३० लाख कित्ताका लागि आवेदन माग गरेकोमा ४५ लाख ८४ हजार ८१० कित्ताका लागि आवेदन परेको हो ।

नेपालभ्युज

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा मागभन्दा डेढ गुणा धेरै आवेदन

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा मागभन्दा डेढ गुणा धेरै आवेदन परेको छ ।

वैदेशिक रोजगारीमा रहेकाहरुका लागि खुलाइएको उक्त आईपिओमा मागभन्दा डेढ गुणा धेरै आवेदन परेको हो ।

कम्पनीले ३० लाख कित्ताका लागि आवेदन माग गरेकोमा ४५ लाख ८४ हजार ८१० कित्ताका लागि आवेदन परेको हो ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कुल ३४ हजार २११ जना आवेदकबाट ४५ लाख ८४ हजार ८१० कित्ता सेयर प्राप्त भएको कम्पनीले जनाएको छ ।

यो एक रेकर्ड ब्रेकर ओभरसब्सक्रिप्शन भएको कम्पनीले जनाएको छ । यस्तै ३० हजार ३४८ आवेदकबाटमात्रै १६ लाख ९० हजार कित्ता शेयर प्राप्त भएको कम्पनीले जनाएको छ ।

कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँको ३ करोड कित्ता सेयर सर्वसाधारण समूहको निष्कासन हुन लागेकोमा त्यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारमा रहेकाहरुका लागि खुला भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved