सेयर धनी परिवर्तनले हाम्रो सेवा र सुविधामा अवरोध हुँदैन: एनसेल

नेपालभ्युज

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सेयर धनी परिवर्तनले आफ्नो सेवा र सुविधामा अवरोध नहुने जनाएको  छ । मंगलबार एक सूचना जारी गर्दै एनसेलले कम्पनीको सेयर धनी परिवर्तनले हाल प्रदान गरिँदै आएको सेवा र सुविधाहरुमा कुनै पनि अवरोध नपर्ने जानकारी गराएको हो ।

एनसेलले सूचनामा भनेको छ,‘एनसेलको सिद्धान्त “हामी तपाईँकै लागि” मा अडिग रही, विगत १८ वर्ष जसरी नै आगामी दिनमा पनि उही उत्साह र समर्पणका साथ गुणस्तरीय दूरसञ्चार सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।’

आगामी दिनमा पनि नेपाल र नेपालीको विकास र समृद्धिका लागि समर्पित रहने एनसेलले वाचा गरेको छ  ।

‘आजियटा ग्रुप बर्हाड’ले एनसेलको ८० प्रतिशत शेयर स्वामित्व  ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved