काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ एसिया कप क्रिकेटमा सहभागी हुने राष्ट्रिय टोलीको बिदाइ गरेको छ।
मंगलबार क्यानले नेपाली टोलीको बिदाइ गरेको हो। बिदाइमा कप्तान देव खनालले तयारी राम्रो भएको जानकारी गराएका छन्। जगत टमाटा भने टोलीका मुख्य प्रशिक्षक रहेका छन्।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले टोलीलाई राम्रो प्रदर्शन गर्न शुभकामना प्रदान गरे। एसिया कपमा सहभागी हुन नेपाली टोली बुधबार यूएई जानेछ।
नेपाल भारत, पाकिस्तान र अफगानिस्तानसँगै समूह एमा रहेको छ। बङ्गलादेश, यूएई, जापान र श्रीलंका भने समूह बीमा रहेका छन्।
शुक्रबार हुने खेलमा नेपाल र पाकिस्तान आमनेसामने हुनेछन्। एसिया कप आगामी शुक्रबारदेखि पुस १ गतेसम्म संचालन हुनेछ।
नेपाली टोली :
देव खनाल, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, गुल्सन कुमार झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, उत्तम रङ्गु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द ।
Facebook Comment
Comment