काठमाडौं । वसन्तपुरको कुमारी घरनजिकै रहेको पानी ट्याङ्कीमाथि टेकेकेर प्रकाश सपुत र जुनाले नाचेपछि आलोचना भएको छ । नाचेको घटना भने पुरानो भए पनि भिडिओ क्लिप अहिले भाइरल बनेको हो ।
गीतको भिडिओमा ट्यांकीमाथि उभिएको दृश्य देखिँदैन । तर, छायांकन हेरिरहेका दर्शकले सामाजिक सञ्जालमा अहिले आएर पोस्ट गरेपछि यसले विवाद निम्त्याएको हो ।
भिडिओ चार महिनाअघिको हो । म्युजिक भिडियोको कोरियोग्राफी शंकर बीसीले गरेका थिए । तर, अहिले भिडिओ भाइरल बनेपछि प्रकाश सपुतले सञ्जालमा गाली गाइरहेका छन् ।
‘जीवित देवी’ कुमारीले खानेपानीका लागि प्रयोग गर्ने बताइएको उक्त ट्यांकीमाथि उभिएर नाचेपछि सपुत आलोचित छन् ।
इतिहासविद्का अनुसार उक्त इनार मल्लकालमा बनाइएको र त्यो कुमारीको निजी इनार समेत हो । हिउँदमा कुमारीले सो इनारको पानी प्रयोग गर्ने बताइन्छ । गीतको पुरै छायांकन वसन्तपुर क्षेत्रमा भएको थियो ।
सामाजिक सञ्जालको प्रतिक्रिया हेर्दा उक्त म्युजिक भिडिओको सुटिङ गरेर सपुतले नेवा: सभ्यता र संस्कृतिमाथि अपमान गरेको लेखेका छन् ।
Facebook Comment
Comment