आजको मौसम : हिमपात र केही स्थानमा हल्का वर्षा

नेपालभ्युज

आजको मौसम : हिमपात र केही स्थानमा हल्का वर्षा

काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मंगलबार मौसम आंशिकदेखि सामान्य बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved