केही सञ्चार माध्यमले भ्रामक समाचार छापेको भन्दै सीवाइसी लघुवित्तको आपत्ति

नेपालभ्युज

केही सञ्चार माध्यमले भ्रामक समाचार छापेको भन्दै सीवाइसी लघुवित्तको आपत्ति

काठमाडौं । सीवाईसी लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थाप्रति तथ्यहीन समाचारहरू आइरहेको भन्दै आपत्ति जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यमले संस्थाप्रति भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै सीवाइसी लघुवित्तले आपत्ति जनाएको हो ।

विज्ञप्तिमार्फत केही अनलाइनको नाम सार्वजनिक गर्दै सीवाइसी लघुवित्तले संस्थाको इमेज खराब गर्न लागिपरेको जनाइएको छ । सञ्चार माध्यमहरूले सीवाईसी लघुवित्तका सम्बन्धित व्यक्तिहरूको कोड नराखी एकतर्फी मात्र समाचार सम्प्रेषण गरिरहेको संस्थाको दाबी छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अनलाइन पत्रिकाहरूले मूल्य, मान्यताको पालना नगरी संस्थाका सञ्चालक समिति तथा संस्था प्रमुखको बारेमा जनसमुदायलाई दिग्भ्रमित पार्ने झुटा, भ्रामक र तथ्यहीन समाचार सम्प्रेषण गरिएको छ, जसमा सम्बन्धित व्यक्तिसङ कुनै पनि प्रतिक्रिया(बाइट) नलिई एकपक्षीय तवरले लगाइएको आरोप भ्रमित, व्यक्तिगत चरित्र हत्या गर्ने, बदनाम गर्ने बाहेक अरू केही नदेखिएकाले यस प्रकारका भ्रामक समाचारप्रति संस्था खेद प्रकट गर्दछ ।’

साथै, समाचारमा भनिएजस्तो संस्थाले वित्तीय अनुशासनहीन कार्यहरू गरेको, नेपाल राष्ट्र बैंकबाट जारी गरिएका नियमहरू पालना नगरिएको, पदीय दुरूपयोग गरी भ्रष्टाचार गरेको जस्ता विषयहरू निराधार र तथ्यहीन रहेको पनि विज्ञप्तिमा खुलाइएको छ ।

सीवाईसी लघुवित्तले राष्ट्र बैंकबाट जारी सबै खाले नीति नियमलाई पालना गरेको उल्लेख गर्दै विभिन्न समाचार माध्यममा आएका तथ्यहीन समाचारको आधारमा संस्थालाई नहेर्न पनि शेयर लगानीकर्ता, ग्राहक तथा संस्थासँग जोडिएका व्यक्तिहरूलाई आग्रह गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved