एजेन्सी । जाडो आएसँगै बजारमा गाजर पनि देख्न सुरु हुन्छ । यो स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । त्यसरी नै यसले सुख्खा तथा फ्रिजी भएको कपालबाट पनि छुट्कारा पाउन सकिन्छ ।
आउनुहोस् यसबारेमा जानौँ–
गाजरमा पाइने एन्टीअक्सीडेन्ट तथा एन्टीइन्फ्लामेटरी गुणले कपाललाई स्वस्थ बनाइराख्न सहयोग गर्छ । कपाल बलियो बनाउन तपाईँले गाजरको हेयर मास्क बनाएर लगाउन सक्नुहुन्छ ।
गाजर हेयर मास्क
यसका लागि सबैभन्दा पहिला गाजर र केरालाई राम्रोसँग सफा गर्नुहोस् । त्यसपछि यी दुवैलाई मिक्सरमा राखेर पिस्नुहोस् ।
अब यस मिश्रणलाई एउटा कचौरामा निकाल्नुहोस् र यसमा जैतुनको तेल र मह मिसाएर एउटा पेस्ट तयार गर्नुहोस् ।
यस पेस्टलाई सम्पूर्ण कपालमा राम्रोसँग लगाउनुहोस् । लगभग २० देखि ३० मिनेट यस मास्कलाई राखेपछि कपाल तथा टाउको धुनुहोस् ।
यस मास्कको सहयोगले जाडोमा हुने चायाँको समस्या पनि कम हुन्छ । साथमा कपाल चम्किलो पनि देखिन्छ । यदि तपाईँ गाजरले बनाएको यस हेयर मास्कको प्रयोग गर्नुहुन्छ भने यसले कपाल झर्न कम हुन सक्छन् । साथमा कपाल बलियो पनि हुन्छ ।
जाडोको मौसममा कपाल फ्रिजी हुने गर्छ । यस्तो अवस्थामा पनि यस हेयर मास्कको प्रयोग गर्नु फाइदाजनक मानिन्छ । यसले कपालको ड्राईनेस पनि कम हुन्छ ।
Facebook Comment
Comment