शिल्पीमा जेडी तमुको ‘ब्युझिएको सिरानी’ (तस्वीरहरु)

नेपालभ्युज

शिल्पीमा जेडी तमुको ‘ब्युझिएको सिरानी’ (तस्वीरहरु)

काठमाडौ। कलाकार, कोरियोग्राफर तथा निर्देशक जेडी तमूको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक ‘ब्यूँझिएको सिरानी’ को बत्तिसपुतली स्थित शिल्पी थिएटरमा यहीँ मंसिर १५ गतेदेखि पुनः मञ्चन सुरु भएको छ।

यसअघि मण्डला थिएटरमा गत असोज १६ गतेदेखि २८ गतेसम्म मञ्चन भएको यो नाटक दशै र तिहार पर्व नजिकिए संगै मञ्चन बन्द गरिएको थियो।

निर्देशक तमुका अनुसार दर्शकहरुको उच्च मागका कारण नाटक ‘ब्युँझिएको सिरानी’ को पुनः मञ्चन गरिएको हो।

नाटकमा मानसिक स्वास्थ्यको विषयलाई उत्थान गरिएको छ। नाटकले मानसिक दुर्बलतामाथिको मौनता तोड्ने प्रयास गरेको छ।

एकजना ब्यक्तिले आफ्नो कार्यक्षेत्र र परिवारबाट भोग्नु पर्ने मानसिक समस्या र त्यसको समाधानलाई नाटकमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

शिल्पी थिएटरमा मंसिर ३० गतेसम्म नियमित मञ्चन हुने यस नाटकमा रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापा लगायतको अभिनय रहेको छ।

अनिल सुब्बाको कला निर्देशन रहेको नाटकमा झुमा लिम्बुको संगीत संयोजन रहेको छ। नाटक, सोमबार बाहेक हरेक साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुने शिल्पी थिएटरले जनाएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved