एनएसएल: धनगढी र ललितपुर गोल रहित बराबरीमा

नेपालभ्युज

एनएसएल: धनगढी र ललितपुर गोल रहित बराबरीमा

काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र ललितपुर सिटी एफसीले गोल रहित बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा धनगढी र ललितपुरले गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । बराबरीको नतिजा पछि धनगढी लिगको शीर्ष स्थानमा यथावत छ । धनगढीले ३ खेलबाट ७ अङ्क जोडेको छ । दोस्रो स्थानको ललितपुरको २ खेलबाट ५ अङ्क छ ।

एनएसएलको तेस्रो खेलसम्म आउँदा दुवै टिम अपराजित छन् । दुई खेल जितेको धनगढीको यो पहिलो बराबरी खेल हो । ललितपुरले भने पहिलो खेल जितेको थियो तर त्यसपछिका दुई खेल भने उसले बराबरी खेलेको छ ।

शनिवारको खेलपछि धनगढी ७ अङ्कका साथ शीर्ष स्थानमा कायम छ भने ललितपुर ५ अङ्कका साथ दोस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved