एप्पलका सिइओ टिम कुकले सुझाएका पाँच किताब

विश्व प्रसिद्ध ब्रान्ड एप्पल कम्पनीका प्रमुख कार्यकारी टिम कुकले हालै गायिका डुआ लिपासँगको कुराकानीमा आफूलाई प्रेरणा दिने शीर्ष ५ पुस्तकका बारेमा बताएका छन्।

नेपालभ्युज

एप्पलका सिइओ टिम कुकले सुझाएका पाँच किताब

महान् विचारक, प्राविधिक कम्पनीका कार्यकारी र बराक ओबामाजस्ता राष्ट्रपतिहरूमा एउटा साझा बानीको कुरा गर्ने हो भने उनीहरू सबै पुस्तक पढ्छन् ।

विश्व प्रसिद्ध ब्रान्ड एप्पल कम्पनीका प्रमुख कार्यकारी टिम कुक यसमा पक्कै अपवाद होइनन् । हालै गायिका डुआ लिपासँगको कुराकानीमा उनले आफूलाई प्रेरणा दिने शीर्ष ५ पुस्तकका बारेमा बताए ।

डुआ लिपाः याट योर सर्भिसको एउटा विशेष बोनस एपिसोडमा, गायिकाले एप्पल कम्पनीका ६३ वर्षीय प्रमुख कुकसँग विभिन्न विषयमा कुराकानी गरिन् । कुराकानीमा कृत्रिम बुद्धिमत्ता (एआई) ले मानव जातिलाई हुन सक्ने सम्भावित जोखिमदेखि कुकको बाल्यकाल, एप्पलमा उनको करियर र नेतृत्वको बारेमा धारणासम्मका विषय समेटिएका थिए ।

सर्भिस ९५ नामक आफ्नो मासिक पुस्तक क्लबको अध्यक्षको भूमिकामा रहेकी लिपाले स्वाभाविकरूपमा कुकको मन जित्ने पुस्तकको बारेमा सोधिन् ।

यी उनका शीर्ष ५ रोजाइ हुन्:

टू किल ए मकिङ्गबर्ड— हार्पर ली

हार्पर लीद्वारा लेखिएको प्रसिद्ध उपन्यासको बारेमा टिम कुकले युवा विद्यार्थी मात्र नभई सबै उमेर समूहका मानिसलाई प्रभाव पार्ने किताब भएको बताए । यो क्लासिक उपन्यास विद्यालयको पाठ्यक्रममा पनि व्यापकरूपमा समावेश गरिएको छ ।

शू डगः नाइकी सिर्जनाकर्ता फिल नाइटको आत्मकथा

विश्व प्रख्यात ब्रान्ड नाइकीका सहसंस्थापक फिल नाइटद्वारा लिखित यस आत्मकथाको बारेमा टिम कुकले यसले व्यापारिक विषयभन्दा माथि उठेको र जीवनका बारेमा महत्त्वपूर्ण ज्ञान प्रदान गरेको बताए । यस पुस्तकमा नाइकीको नम्र सुरुआत र फिल नाइटको आफ्नै कथाको खुलासा गरिएको छ ।

पल कलानिथीको ‘ह्वेन ब्रिथ बिकम्स एयर’

न्यूरोसर्जन पल कलानिथी द्वारा लेखिएको यो पुस्तकले मृत्यु, बिरामी, र चिकित्सा क्षेत्रलाई उजागर गरेको छ । २०१५ मा उनको मृत्यु भएपछि यो स्मृति कथा प्रकाशित भएको थियो । चौथौँ चरणको फोक्सोको क्यान्सरसँगको उनको लडाइँ पुस्तकमा चर्चा गरिएको छ ।

आइ एम मलाला

मलाला युसुफजईको पुस्तक आइ । एम मलाला कुकलाइ मनपरेको अर्को पुस्तक हो । कुकले लिपसँगको कुराकानीमा मलालाको जीवनकथा र युवावस्था र महिला शिक्षामा उनले गरेको समर्पणलाई प्रशंसासमेत गरे।

१५ वर्षको उमेरमा उनमाथि भएको आक्रमणसमेत समावेश रहेको यो आत्मकथाले बेलायती पत्रकार क्रिस्टिना ल्याम्बसँगको सह लेखनमा, मलालाको बाल्यकाल, सामाजिक कार्य र जीवनका बारेमा छलफल गरेको छ । कुकले सुविधाविहीन छोरीहरूको शिक्षाको लागि महत्त्वपूर्ण काम गरिरहेको मलाला फण्डसँग एप्पलको सहकार्य रहेको पनि बताए ।

मार्टिन लूथर किंग जूनियर र बोबी केनेडीका जीवनी

“मलाई मार्टिन लूथर किंग र बोबी केनेडीका जीवनी पढ्न मन पर्छ,” कुकले लिपालाई भने । तर, उनले कुनै खास शीर्षक भने उल्लेख गरेनन् । केनेडीका बारेमा थर्सटन क्लार्क र क्रिस म्याथ्युजद्वारा चिनिएका जीवनी रहेका छन् । त्यसैगरी किंगको स्वयंलेखित कामहरूलाई एकसाथ जोड्ने इतिहासविद् र क्लेबोर्न कारसनद्वारा सम्पादित आत्मकथा पनि छ।

स्रोतः द टाइम्स अफ इन्डिया


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved