काठमाडाैं | काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण भएको भन्दै व्यंग्य गरेका छन् । मेयर शाहले शुक्रवार साँझ सामाजिक सञ्जालमा एक स्टाटस अपडेट गर्दै यस्तो व्यंग्य गरेका हुन् ।
‘रबरको जुत्ता बनाउछु म, त्यसमा पनि शुरूको अधिकार मेरो हो भनेर आउँछन् । र, नतन्किने प्लास्टिकको बनाएर जान्छन् ‘ उनले लेखेका छन्, हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ ।’
उनले बुधवार साँझ पनि पछिल्लो समय केही शीर्ष दलका नेताहरूले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेको भन्दै कटाक्ष गरेका थिए ।
रब्बरको जुत्ता बनाउछु म ,
त्यस्मा पनि सुरुको अधिकार मेरो हो भनेर आउछन ।
र , नतन्किने प्लास्टिकको बनाएर जान्छन ।
हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ ।
Facebook Comment
Comment