भुटानी शरणार्थी प्रकरण : को थुनामै, को बाहिर ? (आदेशको पूर्णपाठसहित)

भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वमन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

नेपालभ्युज

भुटानी शरणार्थी प्रकरण : को थुनामै, को बाहिर ? (आदेशको पूर्णपाठसहित)

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वमन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले खाण र रायमाझीसँगै टेक नारायण पाण्डे, इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई धरौटीमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

पूर्वगृहमन्त्री खाणको हकमा भने दुई न्यायाधीशको मत बाझिएको छ । २० लाख धरौटीमा छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ ।

त्यस्तै अदालतले टोबहादुर रायमाझीका छोरा सन्दिप रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन, बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी, शम्शेर मियाँ र रामशरण केसीलाई धरौटीमा छाडेको छ ।

टंककुमार गुरुङ, केशव तुलाधर, आशिष बुढाथोकी र लक्ष्मी महर्जन भने साधारण तारेखमा छुटेका छन् ।

आदेशको पूर्णपाठ

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved