शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्सले आइपीओ निष्कासन गर्ने

नेपालभ्युज

शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्सले आइपीओ निष्कासन गर्ने

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्ने भएको छ । जारी पूँजी रु. पाँच अर्ब ८० करोडको २० प्रतिशत बराबर हुने रु. एक सयका दरको एक करोड सोह्र लाख थान साधारण शेयरहरु सर्वसाधारणहरुका लागि नेपाल धितोपत्र वोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

शिवम् होल्डिङस् लिमिटेडका संचालक अध्यक्ष शिवरतन शारदाको उपस्थितिमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अनुसार कम्पनीले सर्वसाधारणमा शेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पूँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्‍याउदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved