केपी ओली कप टी–२० को उपाधिका लागि आर्मी र मधेस प्रदेश भिड्दै

नेपालभ्युज

केपी ओली कप टी–२० को उपाधिका लागि आर्मी र मधेस प्रदेश भिड्दै

काठमाडौं । पोखरामा जारी केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र मधेस प्रदेश भिड्दै छन् ।

बागमती प्रदेशलाई हराएर आर्मी फाइनलमा पुगेको हो । मधेसले भने सेमिफाइनलमा एपीएफलाई पराजित गरेको हो ।

प्रतियोगिताको च्याम्पियन टोलीले पाँच लाख रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । यसैगरी उपविजेताले दुई लाख ५० हजार रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछ ।

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार र बेस्ट बलरले २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved