एनएसएलमा वीरगञ्ज र चितवन भिड्दै, दुवै पहिलो जितको खोजीमा

नेपालभ्युज

एनएसएलमा वीरगञ्ज र चितवन भिड्दै,  दुवै पहिलो जितको खोजीमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा आज वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसी भिड्दै छन् । दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।

वीरगन्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग पहिलो खेलमा २–१ ले पराजित भएको थियो ।

चितवनको यो प्रतियोगिताम तेस्रो खेल हो । चितवनले पहिलो धनगढी एफसीसँग १–० को हार बेहोरेको थियो । दोस्रो खेलमा चितवनले काठमाडौं रेंन्जर्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो

दुई खेलबाट एक अंक जोडेको चितवन तालिकाको छैटौं स्थानमा छ । अंकविहीन वीरगन्ज भने तालिकाको पुछारमा छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved