घरको मूल ढोकाका लागि कुन दिशा सही ?

नेपालभ्युज

घरको मूल ढोकाका लागि कुन दिशा सही ?

एजेन्सी । वास्तुशास्त्रमा घरको मूल ढोकालाई विशेष महत्व दिइएको छ । यसलाई सही दिशामा बनाउँदा घरमा सकारात्मक ऊर्जा प्रवेश गर्दछ ।

आउनुहोस घरको मूल ढोकाको दिशा बारे जानौं ।

घरको मूल प्रवेश ढोकाका लागि उत्तर, उत्तरपूर्व, पश्चिम वा पूर्व दिशालाई सबैभन्दा उत्तम दिशा मानिन्छ । यी दिशा घरको मूल ढोकाका लागि शुभ हुन्छन् ।

घरको मूल ढोका अन्य ढोकाको तुलनामा ठूलो हुनु पर्दछ । यो घडीको दिशातिर खुल्नु पर्दछ । मूल ढोका काठको हुनुपर्ने मान्यता छ ।

घरको मूल ढोका कहिल्यै पनि फुटेको वा चर्किएको हुनुहुँदैन । यस्तो बिग्रिएको वा टुक्रिएको ढोका घरमा हुँदा धन हानी हुन थाल्छ भन्ने मान्यता छ ।

घरको मूल ढोका फुटेको वा खराब भएको छ भने यसले वास्तु दोष हुन थाल्छ । यसका साथै घरमा नकारात्मकता पनि आउन थाल्छ ।

घरको मूल ढोकाको ‘नेम प्लेट’ मा पनि विशेष ध्यान दिनु पर्दछ । घरको मूल ढोका अगाडिको नाम पनि वास्तुशास्त्र अनुसार लगाउनु पर्दछ । साथमा यो आकर्षक पनि हुनु पर्दछ ।

तपाईं घरको मूल ढोकामा मनी प्लान्ट जस्तो विरुवा सजाउन सक्नुहुन्छ । यसलाई घरमा लगाउँदा सुख समृद्धि आउँछ । साथमा यो घरका लागि शुभ पनि मानिन्छ ।

घरको प्रवेश ढोकाका लागि तपाईं आकर्षक रंग छान्न सक्नुहुन्छ । घरको मूल ढोकाको रंग पनि वास्तु अनुसार नै गराउनुहोस् जसले गर्दा घरमा सकारात्मकता आउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved