मन्त्री किरातीले मागे प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा छुटेका यात्रुसँग माफी

नेपालभ्युज

मन्त्री किरातीले मागे प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा छुटेका यात्रुसँग माफी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा बुधबार ३१ यात्रु छोडिएकोप्रति माफी मागेका छन् ।

बिहीबार काठमाडौंमा म्युजिक भिडियो म्युम्जमा ए सार्वजनिक गर्दै उनले माफी मागेका हुन् । उनले २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडिएको र उनीहरुलाई सरकारले नै होटलमा राखी बिहीबार गन्तव्यमा पुर्‍याएको बताए ।

मन्त्री किरातीले भिभिआईपी सवार हुने भएकाले पराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै राति साढे ११ बजेको फ्लाइट सार्नुपरेको बताए ।

उनले प्यासेन्जरहरुलाई मेल र फोन गरेर जानकारी गराएपनि फोन नउठाउने र मेल जाँच नगर्नेहरु समस्यामा परेको बताए ।

मन्त्री किरातीले युरोपियन युनियनको कालोसूचीमा देश करिब १३ वर्ष अघिदेखि रहेको भन्दै अब खुल्ने चरणतिर प्रवेश गरेको बताए । १२ बुँदै चिठी पठाएको र १२ बुँदा पालना गरेको खण्डमा कालोसूचीबाट हट्ने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved