एनएसएल फुटबल : पहिलो हाफमा बुटवल र धनगढीको बराबरी

नेपालभ्युज

एनएसएल फुटबल : पहिलो हाफमा बुटवल र धनगढीको बराबरी

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगितामा अहिले बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा भइरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले निरन्तर प्रयास गरे पनि गोल गर्न भने असफल भए ।

एक खेलबाट तीन अंक जोडेको धनगढी तालिकाको चौथो स्थानमा छ । अंकविहीन बुटवल तालिकाको पुछारमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved