जेरुसेलममा गोली चल्दा एक महिलाको मृत्यु, आक्रमणकारी पनि मारिए

नेपालभ्युज

जेरुसेलममा गोली चल्दा एक महिलाको मृत्यु, आक्रमणकारी पनि मारिए

काठमाडौं। जेरुसेलममा गोली चल्दा एक महिलाको मृत्यु भएको छ।

जेरुसेलमस्थित एक बस स्टपमा गोली चल्दा २४ वर्षीया महिलाको मृत्यु भएको अलजजिराले जनाएको हो। सो घटनामा कुल ८ मानिस घाइते भएका छन्। जसमध्ये ५ मानिसको अवस्था गम्भीर छ।

इजरायली पुलिसले घटनास्थलमा २ आक्रमणकारीलाई मारेका छन्। आक्रमणकारीहरुले बस स्टपमा भएका मानिसमाथि गोली प्रहार गरेका थिए। घटनाबारे थप जानकारी आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved