भूकम्प पीडित बालिकाको चिसोका कारण मृत्यु

नेपालभ्युज

भूकम्प पीडित बालिकाको चिसोका कारण मृत्यु

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा भूकम्पपीडित एक बालिकाको चिसोले कठाङ्ग्रिएर मृत्यु भएको छ । वडा नं.१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षा बादीको चिसोबाट जोगाउन नसक्दा गएराति मृत्यु भएको हो ।

ती बालिकाको निमोनियाका कारण मृत्यु भएको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविकाकुमारी सिंहले बताइन् । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएका थिए ।

भूकम्पपीडितका लागि उचित बासस्थान र पर्याप्त खाद्यान्न पुर्याउन नसक्दा बालबालिका र बृद्धबृद्धा सबैभन्दा धेरै प्रभावित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved