एनएसएलमा आज धनगढी र बुटवल भिड्दै

नेपालभ्युज

एनएसएलमा आज धनगढी र बुटवल भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) आज साविक उपविजेता धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । आजको खेलमा धनगढी लगातार दोस्रो जितको खोजीमा हुँदा बुटवल पहिलो तीन अंक जोड्ने लक्ष्यमा हुनेछ ।

धनगढीले पहिलो खेलमा वीरगन्ज युनाइटेडलाई २–१ ले हराएको थियो । यता, बुटवल लुम्बिनी भने पहिलो खेलमा ललितपुर सिटी एफसीविरुद्ध २–० ले पराजित भएको थियो ।

एक खेलबाट तीन अंक जोडेको धनगढी तालिकाको चौथो स्थानमा छ । अंकविहीन बुटवल तालिकाको पुछारमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुईबीचको खेल साँझ साढे ५ बजे हुने छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved