एशियन पेन्ट्सद्वारा भूकम्पपीडितका लागि ५० लाख सहयोग

नेपालभ्युज

एशियन पेन्ट्सद्वारा भूकम्पपीडितका लागि ५० लाख सहयोग

काठमाडौं । एसियन पेन्ट्सले भूकम्पपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । विपद् प्रभावित क्षेत्रमा सरकारको पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो ।

एशियन पेन्टस् नेपाल प्रा. लिमिटेडका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णनले मंगलवार प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरे । गत कात्तिक १७ मा जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको ५.७ म्याग्निच्युडकोे भूकम्पले मानवीय तथा भौतिक क्षति पु¥याएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved