राष्ट्रिय राजनीतिमा निर्णायक हैसियत बनाउन मध्यपहाडी अभियान : एमाले उपाध्यक्ष पौडेल

नेपालभ्युज

राष्ट्रिय राजनीतिमा निर्णायक हैसियत बनाउन मध्यपहाडी अभियान : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रिय राजनीतिमा निर्णायक हैसियत बनाउन एमालेले मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गर्न लागेको बताएका छन् । उपाध्यक्ष पौडेलले बिहीबारदेखि सुरु हुने अभियानले एमालेमा नयाँ जागरण ल्याउने पनि बताएका छन् ।

बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङ जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानलाई नेकपा एमालेले संकल्पको यात्राका रुपमा पनि लिएको पौडेलको भनाइ छ ।

उपाध्यक्ष पौडेलले नेकपा एमालेको नेतृत्वमा मध्यपहाडी लोकमार्गमा सुरु भएका विकासका कामहरु सरकार परिवर्तन भएसँगै अलपत्र परेको भन्दै ती विकासका आयोजनाहरु पनि प्रभावकारी रुपमा अघि बढाउन एमालेको सरकार आवश्यक रहेको तर्क गरेका छन् ।

‘घटनाक्रमले के स्पष्ट गर्यो भने नेकपा एमालेबाहेक अरु कसैले पनि मुलुकलाई समृद्धि र सामाजिक न्यायतर्फ डोर्याउन, नेतृत्व गर्र्न र अघि बढाउन सक्दैनन् भन्नेकुरा स्पष्ट भइसकेको छ’, उनले भने, ‘त्यसअर्थमा नेकपा एमालेको हातमा मुलुकको बागडोर आउनुपर्दछ भन्ने मान्यता हो ।’

उपाध्यक्ष पौडेलले एमालेले जनता र राष्ट्रको हितलाई हेरेर अभियान सञ्चालन गर्ने बताएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved