प्रधानमन्त्री दाहाल कोप सम्मेलनका लागि युएइ जादै

नेपालभ्युज

प्रधानमन्त्री दाहाल कोप सम्मेलनका लागि युएइ जादै
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप– २८ मा भाग लिन आज  युएइ प्रस्थान गर्दै छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति नेपाल एयरलाइन्सको विमानमार्फत प्रधानमन्त्री दाहाल त्यसतर्फ जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)मा मंसिर १४ गतेदेखि २६ गतेसम्म सम्मेलनको आयोजना हुँदैछ ।

प्रधानमन्त्री दाहालले मंसीर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ ।

यूएई भ्रमणका क्रममा त्यहाँ रहेको नेपाली दूतावासमा नेपाली समुदायका साथै नेपाल–यूएई व्यवसायी सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूचि छ ।
प्रधानमन्त्री दाहाल नेतृत्वको टोली मंसिर १७ गते स्वदेश फर्किने छ ।

भ्रमण टोलीमा एक सय भन्दा बढी नेपाली प्रतिनिधि रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved