काठमाडौ । रुसी सेनामा भर्ना भएका एक नेपालीको युक्रेनसँगको लडाईंका क्रममा मृत्यु भएको छ । रुस स्थित नेपाली दूतावासले लडाईंमा एक नेपाली मारिएको पुष्टि गरेको छ ।
मृत्यु भएका व्यक्ति दोलखाका राजकुमार रोक्का भएको भएको बताइएको छ । मस्को स्थित दूतावासका अधिकारीहरुले मारिएका व्यक्तिबारे सोधखोज भइरहेको बताएका छन् ।
रुस र युक्रेनबीचको युद्धमा थुप्रै नेपाली सहभागी रहेको खबर यसअघि बाहिर आएको थियो । लडाईंमा सामेल भएकामध्ये अहिलेसम्म कति नेपालीको हताहती भएको छ भन्ने स्पष्ट हुन सकेको छैन ।
नेपाली मारिएको घटना आधिकारिक रुपमा सार्वजनिक भएको भने यो पहिलो पटक हो ।
यसअघि नेपाल प्रहरीमा रहेका रोका दुई महिना अघि रोजगारीको सिलसिलामा रुस पुगेका थिए । त्यही उनी रुसी सेनामा भर्ती भएका थिए । घरमा उनले आफू बंकर तालिममा रहेको बताउने गरेको परिवारले जनाएको छ ।
Facebook Comment
Comment