साढे ६ सय लोक बाजाले सजिएको एक सुन्दर संग्रहालय (तस्वीरहरू)

२०५८ सालमा स्थापना भएको यस संग्रहालयले नेपालको साङ्गीतिक क्षेत्रको मात्र नभइ सांस्कृतिक क्षेत्रको पनि विविधता झल्काउँछ ।

साढे ६ सय लोक बाजाले सजिएको एक सुन्दर संग्रहालय (तस्वीरहरू)

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा छ– राष्ट्रिय लोक बाजा संग्रहालय । २०५८ सालमा स्थापना भएको यस संग्रहालयले नेपालको साङ्गीतिक क्षेत्रको मात्र नभइ सांस्कृतिक क्षेत्रको पनि विविधता झल्काउँछ ।

स्थापना कालदेखि लोक बाजा सङ्गृहीत गर्दै आएको यस संग्रहालय शुरुमा काठमाडौँको भद्रकालीमा रहेको थियो । त्यहाँ ठाउँ साँघुरो हुन थालेपछि यो संग्रहालय ०६४ सालमा त्रिपुरेश्वर सारियो र अहिलेसम्म यही छ ।

यहाँ नेपालमा प्रचलनमा रहेका ६ सय ५५ प्रकारका लोक बाजाहरू सङ्गृहीत छन् । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिहरू र धर्मावलम्बीहरूले आफ्नो जन्मदेखि मृत्यु सम्म हुने हरेक घटनाक्रममा बजाउने गरेको बाजाहरू संग्रहालय देख्न सकिन्छ ।

संग्रहालय हेर्नको लागि नेपाली पर्यटकलाई २ सय, विद्यार्थीलाई १ सय र विदेशी पर्यटकलाई १ हजार शुल्क राखिएको संग्रहालयका प्रमुख रामप्रसाद कँडेल बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved