मधेसमा जारी रास्वपाको बैठकमा के छलफल हुदैछ ?

नेपालभ्युज

मधेसमा जारी रास्वपाको बैठकमा के छलफल हुदैछ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा जारी छ ।

आजको बैठकमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । त्यस्तै आजको बैठकमा महामन्त्री मुकुल ढकालले नीति विचार पेस गर्ने रास्वपाले जनाएको छ ।

भोलि बुधबारसम्म चल्ने बैठकले पार्टीको विधानअनुसार महाधिवेशनको प्रक्रियाबारे निर्णय लिने डा. ढकालले बताए । बैठकको पहिलो दिन हिजो प्रदेश सभापतिहरूले प्रदेशको प्रतिवेदन पेश गरेका थिए ।

बैठकमा सांसदहरूले एक वर्षमा आफूले गरेका कामको प्रगति विवरण र आगामी कार्य योजना आज पनि प्रस्तुत गर्ने छन् । रास्वपाले पछिल्लो समय मधेस केन्द्रित छलफल र रणनीति बढाइरहेको छ ।

यसकै लागि सभापति लामिछाने बैठक अगावै मधेसका कार्यक्रममा भाग लिन तराईका जिल्ला पुगेका थिए । रास्वपाले आगामी निर्वाचनलाई मिसन बनाएर देशव्यापी कार्यक्रम गर्ने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved