कैटरीना कैफको फिटनेसको रहस्य, तीन तरकारी

नेपालभ्युज

कैटरीना कैफको फिटनेसको रहस्य, तीन तरकारी

एजेन्सी । टाइगर ३ रिलीजसँगै कैटरीना कैफका एक्सन सीन मात्रै हैन उनको फिटनेसको पनि चर्चा भइरहेको छ । अभिनय तथा सलमानसँगको जोडीमा त उनी सुहाएकी छन् नै फिटनेसको प्रसंशा पनि भैरहेको छ ।

यसैबीच कैटरीना कैफले आफ्नो इन्स्टाग्राम पेजमा मन पर्ने तरकारीका बारेमा पोस्ट गरेकी छन् । यदि तपाईं पनि यी अभिनेत्रीको जस्तो फिटनेस स्वास्थ्य चाहनुहुन्छ भने आफ्नो खानपानमा ती तरकारी समावेश गर्न सक्नुहुन्छ ।

कैटरीनाले आफूलाई तरकारीमा घिरौंला, बन्दा गोभी र ब्रोकाउली एकदमै मन पर्ने बताएकी छन् । यी तरकारी नै उनको फिटनेसको रहस्य हुन् ।

घिरौंला

घिरौंला खानाले मानिसको तौल कम गर्न सहयोग पुगछ । यसमा क्यालोरीको मात्रा एकदमै कम हुन्छ र फाइबर धेरै हुन्छ । यसले तपाईंलाई पेट लामो समयसम्म भरिएको अनुभुति हुन्छ र अत्यधिक खानबाट बच्न सक्नुहुन्छ ।

बन्दागोभी

बन्दागोभीमा फाइबरको मात्रा धेरै पाइन्छ । यसले पाचन प्रक्रियालाई सुधार गर्न र मेटाबोलिज्मलाई बढाउन सहयोग गर्छ । गोभीले शरीरमा भएका विषाक्त पदार्थ बाहिर निकाल्न पनि मद्धत गर्छ ।

ब्रोकाउली

तौल कम गर्नका लागि ब्रोकाउली पनि एकदमै फाइदाजनक हुन्छ । यसमा क्यालोरी कम र फाइबर धेरै हुन्छ । साथमा यसमा पोषक तत्वहरु पनि धेरै पाइन्छ जसले गर्दा तपाईंलाई कमजोरी महसुस पनि हुनेछैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved